याे हप्ताभरीकाे राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कमाउन सकिएला । शेयर बजारबाट राम्रै लाभ लिनसकिने छ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता कीर्तिमानी काम गर्ने समय छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । छलफल र समारोहमा सरिक भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको अन्त्यमा भने काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग वा आकाशे नीलो कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता कुनै न कुनै कुराले मनमा शान्ति छाउला । चिताएको कामले तीव्रता लिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सुन्तला हो । झुट नबोल्ने र हनुमानजीको दर्शन गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो साता जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट पनि फाइदा हुने योग छ । ताकेको कार्य पुरा नै होला, तर स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो सातामा पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साता नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग बैजनी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो साता मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्ने र चोटपटकको भय पनि छ, सचेत रहनुपर्ला । मङ्गलवारबाट आर्थिक उन्नति हुनुका साथै आय आर्जनका स्राते पनि बढ्नेछन् । श्री: वृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । धार्मिक कार्यमा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आराधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । यो साताका लागि शुभ अङ्क ८,६ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा र नयाँ पदीय जिम्मेवारी पाइएला । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग निलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
यो हप्ता नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ । मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरि गलत निर्णय लिनपुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साताको सुरुका दिनमा बन्न लागेको काम अन्तिममा विग्रिने र झमेला आउन सक्छ र केही अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरे अधिक सफलता हात पर्नेछ ।