बागलुङ, ५ असार २०७८ ।
बागलुङको बरेङ गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गर्ने भएको छ । गाउँपालिकाले शनिवार आगामी आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको हो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यतामा आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३० करोड भन्दा माथीको वजेट ल्याउन लागिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
सातौँ नगरसभामा पेश हुने नीति तथा कार्यक्रममा कृषि तथा पशुलाई बिशेष प्राथमिकता दिइएको छ भने कोरोना रोकथाम र नियन्त्रण लगाएत स्वास्थ्य क्षेत्रलाई पनि महत्वका साथ समावेश गरिएको छ । स्थानीय तहमध्ये अब्बल क्षमता प्रदर्शन गर्दै आएको बरेङ गाउँपालिकाले सबै क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्धारण गरेको अधिकृत थापाको भनाई छ ।
गाउँपालिकालाई समृद्ध बनाउन बितरणमूखि भन्दा उत्पादनमूखि बजेटलाई प्राथमिकता दिइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । योजना तथा कार्यक्रमको प्रभावकारीतालाई गाउँपालिकाले ध्यान दिने भन्दै उहाँले थारै बजेटबाट पनि कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेमा ध्यान दिने बताउनुभयो ।
गाउँपालिकाले शनिवार दिउँसो १२ बजे गाउँसभामा नीति तथा कार्यक्तम पेश गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको जिल्लाखबर डटकम, कुश्मिसेराबाट प्रशारित शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, बरेङ बजारबाट प्रशारित रेडियो बिहानी ८९ मेगाहर्ज र धौलागिरी एफ एम बागलुङबाट प्रत्यक्ष प्रशारण हुने गाउँपालिकाले जनाएको छ ।