बौनिया, कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा विद्यार्थीहरुका लागि कोभिड – १९ विरुद्धको खोप अभियान संचालन गरिने भएको छ । गाउँपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा अध्यनरत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई लागि यही माघ १९गतेदेखि कोरोना विरुद्धको पहिलो खोपको मात्रा लगाइने भएको हो ।
पालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर हमालका अनुसार बालबालिकालाई माघ १९ गते मंगलबारदेखि मोडर्ना खोप लगाउन थालिएको हो।