कैलाली । मौसम पुवानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।जसको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ।
राती : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १५ गते (आईतबार)
दिउँसो : देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका आंशिक देखि सामान्य बदली रही वाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १६ गते (सोमबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रही सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।