बौनिया । स्वर्गीय दाजुकाे स्मृतिमा वीरेन्द्र बमले साहारा घरलाई २ धुर जगा सहयोग गरेका छन। बर्दगोरिया गाउँपालिका युवा वीरेन्द्र बहादुर बमले स्वर्गीय दाजु सुप क्याम्पस धनगढीका प्रधयापक चक्र बहादुर बमको सम्झनामा जग्गा सहयोग गर्नु भएको हो ।
डाेटी कानाचाैरमा जन्मिएका बमले २०६५/८/२४ गते यो धर्ती छोडेर स्वर्गारोहण भएको थियो । बमको नामको स्मृतिमा रहने गरि भाइ बिरेन्द्र बमले २ धुर जग्गा असाहायका लागि सहयोगी हातहरु नेपाल साहारा घर लाई सहयोग गर्नु भएको छ । बमले सहयोग गर्दै बालबालिका लागि छात्रा बासकाे व्यवस्था होस भनेर आफुले सहयोग गरेको उनले बताए ।
जग्गा बाैनिया बजारकाे वडा नम्बर १ सनराईज स्कुलकाे पछाडि पलटिङ्ग गरिएकाे जग्गा सँस्थालाई सहयोग गर्नु भएको हो । विभिन्न सहयोगी दाता हरुकाे सहयोग गरिएको जम्मा रकम बाट १२ धुर जग्गाको रहेको मध्य १० धुर काे मात्रै पैसा लिएको २ धुर जग्गा निशुल्क सहयोग गरि सँस्थाबाे नाममा नामसारी गरिदिनु भएको छ ।
हाल ११ जना बालबालिकाहरु बाैनिया बजारमा माँसिक १५ हजार का दरले भाडामा लिएर सेवा दिदै आयको छ । उनिहरु बाैनिया बजारमा रहेका सरकारी र निजि स्कुलमा पढिरहेका छन भने १०६ जना वर्दगाेरिया गाउपालिकाकाे वर्दगाेरिया धार्मिक स्थलको कुनामा समितिले छुटाएकाे किनारमा राखि सेवा चलिरहेको छ ।
सहारा घरले १९४ जना परिवार पता लगाई परिवामा पुनःस्थापना गरि सकिएको छ भने सँस्थामा कालगती शरीर छाेडेका २१ जनाको हिन्दु परमपरा अनुसार उहाँको दाहा संस्कार गरेको छ । असाय अनाथ मानिसको व्यवस्थापनका लागि बिभन्न समयमा विभिन्न सहयोगी दाताहरु, जन्म दिनहरु बिवाह, उत्सब, वर्तबन्धन नाममा भाेजन सेवा सँघ सँस्थाक वार्षिकोत्सब देश बिदेशमा रहेका मनकारिले दिएको सेवा बाट संस्था चलिरहेको बताए ।
सँस्था मानवीय क्षेत्रमा अगाडि बढिरहेको छ उहाँहरुकाे जिवनमा परिवर्तन ल्याउन सरकार सबै सहयोगी हातहरुकाे हातेमालो हुन जरुरी रहेको देखिन्छ ।