बौनिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदुरपश्चिम् प्रदेश कमिटीमा बर्दगोरियामा २ जना सदस्य मनोनीत भएका छ्न । मनोनीत हुनेमा बर्दगोरिया ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) र पवित्रा जोशी (दर्सना) हुन । यस्तै सल्लाहकार सदस्यमा टेकबहादुर मिजार मनोनीत भएका छ्न ।
नेकपा (माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको धनगढीमा सप्पन्न पदाधिकारी बैठकले उनीहरूलाई मनोनीत गरेको हो । करिब १ हप्तासम्म बसेको बैठकले नयाँ जिम्मेवारी समेत बाडफाट गरेको छ ।
यो संगै बर्दगोरियाबाट माओवादी केन्द्रको प्रदेश कमिटीमा जना पुगेका छ्न । यसअघि नेकपा माओवादी( केन्द्र )सुदुरपश्चिम प्रदेश कमिटीमा बर्दगोरियाबाट साङ्सद नन्द बहादुर साउद (राजेन्द्र ) गणेश राज गिरि (लालदीप) रुपक सुनार, लक्ष्मी रिमाल सायद निर्बाचित भएका थिए ।