बर्दगोरिया ६ मा आधारभुत मन्टेश्वरी तालिम सुरु,वडा अध्यक्ष रन्जितद्वारा उद्घाटन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सोमबारदेखि मन्टेश्वरी तालिम सुरु भएको छ । वडा नम्बर ६ को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यालयले यहाँका सामुदायिक विद्यालयका वालबिकास कक्षामा अध्यापनरत शिक्षिका र सहजकर्ता तथा अवसरको खोजिमा रहेकाहरुको लागि आधारभुत तालिमको सुरुवात गरेको हो ।वडामा रहेका विभिन्न विद्यालयका शिक्षिकाहरु सम्मीलित तालिममा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी गर्नका लागि तालिम सुरु गरिएको जनाइएको छ ।
तालिमको सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ले उद्घाटन गर्नुभएको छ । तालिममा वडा नम्बर ६ भित्रका विभिन्न सामुदायिक विद्यालयका १५ जना बढी बाल बिकासमा अध्यापनतर शिक्षिकाहरु, सहजकर्ता तथा मन्टेस्वरी तालिमको खोजिमा रहेकाहरुको सहभागीता छ ।
तालिममा सहभागीलाई बाल बिकास विषेशज्ञ सविता तिमिल्सिनाले प्रशिक्षण तथा सहजीकरण गरिरहनु भएको छ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षादेखि पठनपाठन गराउदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै यहाँका सामुदायिक विद्यालयले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार मन्टेस्वरी कक्षा सञ्चालनका लागि जनशक्ति उत्पादन गर्ने काम वडा कार्यालयले थालेको हो ।
उहाँले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना गर्नुपर्नेमा विशेष ध्यानदिनुपर्ने बताउनुभयो ।
उहाँले बालवालिकाको सिकालाई प्रभावकारी र गुणस्तरीय बनाउन घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सकेमात्र उपलव्धी फलदायी हुने हुँदा व्यवहारिक र मेहेनतका साथ तालिममा सहभागी भई सीपलाई व्यवहारमा लागुगर्नु पर्ने सहभागीलाई सुझाव दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य हिक्मत कठायत, अमर सिंह दहित, नेहा चौधरी ,धनसरा सुनार ,वडासचिब मदन जोशी लगाएतको उपस्थिति रहेको थियो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ महेन्द्रराजमार्गको सम्झना चौक नजिक बुधबार ९:३० बजे राती पश्चिम्बाट पुर्वतर्फ गईरहेको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठोक्दा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मृत्यु हुनेमा लम्की चुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सेना रहेका छन् ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सु प प्र ०१००९प ९०७६ नंम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिईएको थियो । दुर्घटनामा घाईते साईकलमा सवार दिनेश तिमिल्सेनालाई उपचारका लागि नेपालगन्ज नर्सिङ होम लगेका थिए । घाईते तिमिल्सेनाको उपचारका क्रममा राती १२:८ बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक भजनी नगरपालिका-१० का ३५ वर्षीय नवीन चौधरी सामान्य घाइते भएका छन । मोटरसाईक चालक सहित अन्य २ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
बर्दगोरियामा निशुल्क महाप्रस्थान यान संचालनमा, मृतकको काजकिरियाका लागि जनही १० हजार दिइने,दमकल पनि ल्याउने तयारी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले नि:शुल्क महाप्रस्थान यान संचालनमा ल्याएको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सक्रियतामा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि आर्यघाटसम्म लैजान महाप्रस्थान यान संचालनमा ल्याइएको हो । पालिकाले संचालनमा ल्याएको महाप्रस्थान यान पालिकाबासीको लागि निशुल्क हुनेछ । पालिकामा शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न हुने समस्यालाई मध्यनजर गरि पालिकाले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएको अध्यक्ष कुवरले बताए । महाप्रस्थान यान गरिव तथा विपन्न परिवारका लागि भने थप महत्त्वपूर्ण सहयोगी हुनेछ ।
शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्याउन स्थानीयले भोगिरहेको समस्यालाई ध्यानमा राखी निशुल्क यान संचालनमा ल्याइएको अध्यक्ष कुवरले बताए ।
परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर भएपनि शव बोक्ने साधन पाउन गाह्रो हुने अबस्था र शव बोक्नका लागि अधिकांशले गाडी दिन नमान्ने कारणले गर्दा जनताको लागि स्थानीय सरकार आर्यघाटसम्म सहयोग गर्न तयार छ भन्ने कुरालाई आत्मसात गरि पालिकाले यो कार्य थालेको उनले बताए ।
यसअघि ट्रयाक्टर र ट्रकमा शव आर्यघाटसम्म पुर्याउने गरिएको थियो। यो यान संचानल सँगै मृत्यु भएको व्यक्तीको शव यात्रा सम्मान जनक ढंगले हुन पाउने उनले बताए । यसैगरी पालिकाले मृतकको काजकिरिया गर्नका लागि जनही १० हजार रुपैयाँ दिने समेत कार्यपालिका बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
पालिका अध्यक्ष कुवरकाअनुसार स्थानीयको अत्यधिक मागअनुसार अब दमकल समेत ल्याउने तयारी भएको छ । यो पनि छिट्टै संचालनमा ल्याउने पालिकाले तयारी थालेको छ ।
धनगढीमा बुधबारदेखि हुने श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को तयारी पुरा, मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने
धनगढी । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को समुद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुहुने भएको छ ।
माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ । विभिन्न सांस्कृतिक बाजागाजा सहित भुवा,हुड्केली,हलिया, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित सांस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रा पश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधन सहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो ।
२३ गते सुरु हुने महायज्ञको तयारी पूरा भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताउनु भयो । धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आउनु भएका अभिभावक तथा अभियन्ता ३ साता अघिदेखि महायज्ञ स्थल तयारीमा जुट्नु भएको हो ।
संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजार भन्दा बढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको छ । त्यस्तै गुरु प्रवचन तथा झाँकी प्रस्तुति मञ्च, उत्तर र दक्षिण मोहडाबाट महायज्ञ स्थल प्रवेशद्वारको व्यवस्था, सूचना सम्प्रेषणका लागि मिडिया हेल्प डेस्क सेन्टर व्यवस्था गरिएको छ ।त्यस्तै महायज्ञ परिसर को विभिन्न स्थलमा खानेपानी वितरण कक्षको व्यवस्था गरिएको छ ।
भक्तजनहरूको सवारी पार्किङका लागि चारपाङग्रे र दुई पाङग्रे सवारी साधन महायज्ञ स्थल परिसर नजिकै निःशुल्क पार्किङ सुविधा सहित व्यवस्था गरिएको छ । त्यस्तै आकस्मिक अवस्थाका लागि उद्धार र सहयोग कक्ष, महायज्ञमा सहभागी हुने कोही पनि भक्त भोकै नपरुन् भनी प्रसादी वितरण कक्षको समेत वितरण गरिएको छ । महायज्ञ नजिकै सोधपुछ कक्ष, रकम योगदान दाता सेवाकेन्द्र कक्ष , महिला पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्था, भक्तजनको तस्बिर खिच्ने र उपलब्ध गराउने कक्षका रूपमा फोटो डेक्स समेतको व्यवस्था गरिएको छ ।
महायज्ञको सारा व्यवस्थापकीय पक्ष सहजीकरणको लागि सचिवालय कक्षको व्यवस्था गरिएको छ । अतिथि सत्कार कक्ष, फोटो प्रदर्शनी , शौचालयको व्यवस्था, जुत्ता चप्पल व्यवस्थापन कक्ष लगायतका डेक्सहरु खडा गरी सम्पूर्ण तयारी सकिएको संयोजक कुँवरले बताउनु भयो ।
महायज्ञमा हरेक दिन दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् । महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन कथा वाचन हुनेछ । साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण आदि हुने छन् ।
समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिन नै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण सञ्चालन हुनेछ । महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक र स्टेज दुवैमा नाटक प्रहर्सन गर्ने तयारी छ ।
तन, मन र धनको त्रिवेणीका रूपमा सुदूरपश्चिम प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सहभागी गराउने अभिष्ट राखी महायज्ञको आयोजना गरिएको हो । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर (भवन) धनगढी उपमहानगर १५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ । यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीको भनाई छ । करिब ३७ करोड रुपैयाँको गुरु योजना सहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापना सहित गुरु योजना तयार भएको छ ।
यो मानवीय मन्दिर निर्माण भएपछि सुदूर पश्चिमाञ्चलका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । सरकारका तीनै तहले गर्नुपर्ने कार्य पछिल्लो समय मानवसेवा आश्रमले गरिरहेको छ भने विभिन्न जिल्लामा यस अघि निर्माण भइसकेका मानवीय मन्दिर निर्माणमा सरकारका तीनै तहबाट र मानवता प्रेमी मनहरूबाट सहयोग जुटेर सेवा सञ्चालन भइरहेको छ । २०८२ सालमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल ‘मिसन २०८२’ गर्ने गरी आश्रमले अभियान सञ्चालन गरिरहेको छ ।
मानवसेवा आश्रम गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखा २०७५ साल मंसिर १ गते धनगढी – ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हो । यस पुण्य कार्यमा सुदूरपश्चिम प्रदेशका सबै मानवता प्रेमी मनहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमले अनुरोध गरेको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम मुख्यालय भने २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको छ भने घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीमा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको करिब ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको विद्यायले हालसम्म यसरी कुनै पनि वर्ष वार्षिकोत्सव मनाएको थिएन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओलीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कर्ण बहादुर कुँवरले पालिकाले बिधालयको भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश बिधालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटकपटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।
यसै गरि विशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थापनाकालदेखि आजसम्म विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम,संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्रअ. चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, रामबहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घराज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व विद्यार्थी विष्णु बिष्ट , २०८० को एसईई मा उत्कृष्ट जिएइए ल्याउने भावना बुढा ,बिमला साउद र निसा बिक लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।
विद्यालयका शिक्षक भुपेन्द्र रास्कोटीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटकसहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले विद्यालय स्थापन देखि हालसम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलीले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।
बर्दगोरिया महोत्सवको अवधि दुईदिन थपियो,भोलि गायक पुस्कल शर्मा र अनु चौधरी आउने
बर्दगोरिया । कैलालीको बौनियामा जारी सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को समय दुईदिन थप गरिएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ यही पौष ९ गतेदेखि बौनियामा जारी महोत्सवको समय दुईदिन थप गरिएको हो ।आयोजक बौनिया बजार व्यवस्थापन समितिकाअनुसार पौष १८ गतेसम्म संचालन हुने भनिएको महोत्सव पौष २० गतेसम्मको समय थपिएको हो । महोत्सव अबलोकन गर्ने दर्शकको मागबमोजिम समय थप गरिएको आयोजकले जनाएको छ ।
निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को पौष ९ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए ।
आयोजकका अनुसार पौष १८ गते चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा, गायिका अनु चौधरी र मोडेल रितु चौधरीको मुख्य प्रस्तुती रहने छ । महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रन्जित चौधरी ,अन्यमा को?
बर्दगोरिया । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रामकृष्ण डगौरा थारु (रन्जित ) निर्वाचित भएका छ्न । कमिटीको आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन ।शनिबारदेखि बर्दगोरियामा सुरु भएको अधिवेशनले अध्यक्षमा डरौरासहित ४१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा निर्वाचित डगौरा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत हुन । जनताको विकास र समृद्धिका लागि पालिकाकै उनी दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।
अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर विक “जीतमान” भिखु चौधरी, बाधु चौधरी निवाचित भएका छ्न भने सचिबमा भेषराज जैशी र सह-सचिव सुन्दर गौतम निर्विरोध निर्वाचित बने । यसैगरी कोषाध्यक्षमा चन्द्र लुहारसहित ४१ सदस्यीय नयाँ कमिटी बनेको छ । बाकी मनोनीत सदस्यहरु भने यसपछि छनोट गरिने जनाइएको छ ।
यसअघि सर्वसहमतिबाट नयाँ कमिटी गठनको प्रक्रिया थालिएपनि आकाङ्छिहरुले निर्वाचन बाटै कमिटी गठन गरिनुपर्ने अडान लिएपछि निर्वाचन प्रक्रियामार्फत कमिटी गठन भएको जनाइएको छ ।
बर्दगोरिया । कैलालीको बौनियामा हुन गईरहेको सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को तयारी पूरा भएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा संचालन हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को मंगलबार दिउँसो एक बजे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने आयोजक बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वारले जानकारी दिए । उनले महोत्सव उद्घाटनको दिन विभिन्न झाकी,नृत्य तथा सास्कृतिक कार्यक्रम राखिने बताए ।
पौष १८ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय कलाकारतर्फ गायिका ज्योती मगर, गायक राम जि खाण, हेमन्त शर्मा, राजु परियार ,चक्र बम, अर्जुन सापकोटा ,गायिका अनु चौधरी,उद्घोषिका तथा गायिका मन्जु पौडेल, कल्पना कुशुम,शोभा त्रिपाठी,उमा देवि खनाल लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक दिपक गौतमले बताए ।
महोत्सव अवलोकनका लागि विद्यार्थीका लागि ७० र अन्य सर्बसाधारणका लागि भने १०० रुपैयाँका दरले टिकट दस्तुर लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधीभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सब अबधिभर करीब १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।
महोत्सवले कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।
महोत्सवमा खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था पनि गरिने आयोजकले बताएका छन् । यसैगरी महोत्सवलाई थप आकर्षक पार्न महोत्सव स्थलमा थारु गाउँ समेत रहनेछ जहाँ विभिन्न प्रकारका थारु परिकार सङ्गै थारु कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।
विगत ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ मा यसपटक बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् ।
काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ।
विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
आजको मौसम ;तराईमा हुस्सु र कुहिरो, २ प्रदेशका केही ठाउँमा हल्का हिमपातको सम्भावना
काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसैगरी बंगालको खाडीमा विकसित चक्रवात ‘फेनजल’ कोसमेत आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी र मधेससहित गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
आज राति पनि कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।