सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं ७ डौरी खोलामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परेर अछाम तुर्माखाँद गाउँपालिका ६ रानीवनकी ७५ वर्षीया अमनादेवी जैशीको ज्यान गएको हो ।
पहिरोमा परेर त्यही ठाउँकी रती कामी घाइते हुनुभएको र उहाँको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
रतीको टाउको, निधार र हातमा चोट लागेको छ । अछामबाट कैलाली जाने क्रममा उनीहरू पहिरोमा परेको बताइएको छ ।