काठमाडौ । स्वास्थ्य सेवा विभागले कैलालीको बर्दगोरिया गाउँपालिकालाई ५ लाख मूल्य बराबरको औषधि प्रदान गरेको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको पहलमा विभागले बिहिवार सो परिमाणको औषधि सहयोग प्रदान गरेको हो ।
विभागले पालिका अध्यक्ष कुवरसहित वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम, बौनिया बजार ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष रुपक सुनार, पुर्व महासचिव द्वारिका धमला र समाजसेवी दलबिर साउदको टोलिलाई अत्यावश्यक औसधि हस्तान्तरण गरेको छ ।
विभागले ई सिजी मेसिन एक थान, दुई थान अक्सिजन सिलिन्डर, दुई थान अक्सिजन रेगुलेटर, २ थान पल्स अक्सिमिटर, एक थान अक्सिजन सिलिन्डर कि, दुई थान डिजिटल बिपी सेट र हजार थान मास्क उपलब्ध गराएको छ । दोदोधरा अस्पताल सञ्चालनका लागी अत्यावश्यक पर्ने माइक्रो स्कोप, एक्स-रे मेसिन र भिडियो एक्स-रे मेसिन भने केही महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता समेत विभागले गरेको हो । बर्दगोरियाका विभिन्न समस्या लियर पालिका अध्यक्ष कुवर नेतृत्वको टोलि यतिबेला राजधानी काठमाडौमा छ ।