बर्दगोरिया । सातौ संविधान दिवशको अबसरमा सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित कृषि हाटबजारमा देउडा खेल लगाइएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा सातौ संविधान दिवशको अबसरमा देउडा खेल लगाइएको हो ।
महिला पुरुषहरुको डेउडा खेल भइरहँदा थुप्रै मानिसहरु चाख लाग्दो गरि देउडा खेल हेरि रहेका थिए । देउडा खेलाडीहरुले विकास समृद्धीका मुद्दादेखि माया प्रेमका भावहरु गीत मार्फत व्यक्त गरेका थिए ।
देउडाका मार्फत संविधान तथा देश विकास सम्बन्धी सवाल जवाफ निकै भएको सुनिन्थ्यो । सात नम्बर प्रदेशको संस्कृती झल्काउने गरि मनाएको संविधान दिवसमा स्थानीय देउडा प्रेमी खेलाडीले प्रस्तुत भावनाहरुले देउडाको रौनकले वातावरण नै शान्त भएको थियो ।