बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका हुन गइरहेको पाँचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिताको मिति झन्डै एक महिना सारिएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा यही असोज ५ गतेदेखि हुने भनिएको प्रतियोगिता असोज ३० गतेबाट संचालन हुने भएको हो ।
आयोजक युवा कल्बले मङ्लबार बौनियामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता संचालन बारे जानकारी दिएको हो । प्रतियोगिताको पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्वबका अध्यक्ष जीवन बीसीले सी डिभिजन लिग ,नवौ राष्ट्रिय खेलकुद जुधेको कारण कल्ब र खेलाडी व्यवस्थापनमा समस्या देखिएकोले प्रतियोगिताको मिति सारिएको बताए ।
जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगितालाई बिशुद्ध एक प्रतियोगिता मात्र नभएर बर्दगाेरिया गाउँपालिकाकै एक पहिचानका रूपमा हेरिएको उनले बताए । उनले प्रतियोगिता मुल लक्ष्यनै स्थानीय स्तरबाटै राष्ट्रका लागि स्तरिय फुटबल खेलाडी उत्पादन गर्नुका साथै पालिकामा रहेको बर्दगाेरिया धार्मिक क्षेत्रकाे पहिचान गराउदै पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन र प्रतियोगिताबाट खेल र खेलाडीको व्यक्तित्व विकास ,खेलकुदको विकास तथा सुदुरपश्चिमकै भाग्य र भविस्यसङ्ग जोडिएको निर्माणाधीन सेतीलाेकमार्ग निर्माणकाे कार्यलाई तिब्रता दिदै चाडाे सम्पन्न गर्न दबाब सिर्जना गराउनु रहेको बताए ।
प्रतियाेगितामा बिभागिय टोलीसित १६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टाेलिले पुरस्कार स्वरुप २ लाख २५ हजार प्राप्त गर्नेछ भने उप-विजेता बन्ने टाेलिले पुरस्कार स्वरुप १ लाख १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा व्यत्तिगत विद्यातर्फ समेत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आयाेजकले नगद पुरस्कार प्रदान गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपरलाई नगद १० हजार ,उदयमान खेलाडीलाई नगद १० हजार र उत्कृष्ट रक्षकलाई समेत नगद १० हजार पुरस्कार दिइनेछ ।
प्रतियोगिता बर्दगोरिया ४ स्थित मुडा खेल मैदानमा संचालन हुनेछ । प्रतियोगिताका खेलहरु नकआउट सिस्टममा हुनेछ्न ।