बर्दगोरिया । कैलालीको बर्दगोरियामा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ । मिर्मिरे लघुवित्त वित्तीय सस्था लिमिटेड बौनिया शाखाले आफ्नो १३ औ वर्ष प्रवेशको अबसरमा बुधबार सो कार्यक्रम गरेको हो ।
संस्थाले सवारी दुर्घटना न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया ,अस्थायी ट्राफिक प्रहरी पोष्ट बौनिया तथा सनराइज बोर्डिङ स्कुलसङ्गको समन्वय गरि ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम स्वरुप र्याली निकालिएको हो ।
कार्यक्रममा बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा प्ले कार्डसहित जानकारी गराइएको थियो ।
र्याली पश्चात् आयोजित सभालाइ सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेबार बन्नुपर्नेमा जोड दिए । उनले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उनको धारणा थियो ।
कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बमले सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले सबैको हातेमालो आवश्यक छ,भने । उनले पछिल्लो समय सबभन्दा बढी मानवीय त्रुटिले दुर्घटनाको जोखिम बढेको भन्दै यस प्रकारको कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताए ।
यस्तै मिर्मिरे लघुबित्त बित्तिय संस्था लिमिटेडका सुदुरपश्चिम् प्रदेश प्रमुख स्यम्भु श्रेष्ठले सवारी साधन चलाउदा लापरबाही कारण ज्यान गुमाउनु परेको अवस्था लाई मध्य नजर गर्दै मिर्मिरे लघुबित्त बित्तिय संस्थाले आफ्नो वाषिर्ककोत्सबको अवसरमा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरेको बताए ।
कार्यक्रममा बौनिया शाखा प्रमुख इन्द्रजित बोहरा, मिर्मिरे लघुबित्त बित्तिय संस्थाक सुदुरपस्चिम उप प्रमुख तेज बहादुर खत्री , अमौरा शाखा प्रमुख सीता बि क लगाएत बौनिया शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।