बर्दगोरिया । राष्ट्रिय योजना आयोगको टोलिले बर्दगोरियामा रहेका विभिन्न क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । शुक्रबार आयोगको टोलीले बर्दगोरियामा रहेका सामुदायिक विद्यालय तथा पर्यटकीय क्षेत्रको अनुगमन गरेको हो ।
टोलिले सामुदायिक विद्यालयको अवस्था ,त्यहाँका भौतिक पुर्वाधार ,निर्माणाधीन अबस्थामा रहेका भवन तथा आबस्यक बस्तु स्थितिका बारेमा अबलोकन गरेको छ । जसमा वसन्त मुरारी ,बालकन्या मावि ,महुन्याल मावी छ्न, भने पर्यटकीय तथा धार्मिक स्थल बर्दगोरिया धामको अबलोकन र त्यहा निर्माणाधीन अबस्थामा रहेका संरचनाका बारेमा जाचबुझ गरेको छ । यसैगरी असाहयका लागि संचालन गरिएको सहारा घरकोसमेत निरीक्षण गरि त्यहाँको अबस्थाका बारेमा रिपोर्टिङ गरेको छ ।
अनुगमन टोलीमा योजना आयोगका माननीय सदस्य तथा प्रवक्ता डाक्टर रामकुमार फ्युयाल, सुदुरपश्चिम प्रदेशका माननीय उपाध्यक्ष (निति तथा योजना आयोग) मोहन देव विष्ट, माननीय सदस्य दीपिका भट्ट, नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने ,बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, इन्जिनियर अभिषेक जोशी रिमाल लगाएतको उपस्थिति थियो ।
राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकायका रूपमा चिनिन्छ । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसैगरी यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ ।