बर्दगोरिया । लोकतान्त्रिक–वाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) ले यस क्षेत्रलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने बताएका छ्न ।
शनिबार बाम लोकतान्त्रिक गठबन्धनद्वारा बर्दगोरियाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । पुर्व प्रदेश सभा सदस्य समेत रहेका उम्मेदवार साउदले यसअघि पनि आफुले यहाँका नागरिकको अमुल्य भोटबाट आफू प्रदेस साङ्सद भएको भन्दै यसपटक पनि यहाँका जनताको अमुल्य साथ पाउने बताए ।
यहाँको धार्मिक ,सास्कृती तथा सामाजिक क्षेत्रका हिसाबले यो क्षेत्र निकै अनुकरणीय ठाउँ भएको भन्दै उनले भने – आफू निर्वाचित भएपछि यसलाई मुख्य प्राथमिकतामा पारी काम गर्नेछु । उम्मेदवार साउदले आफू प्रदेश साङ्सद हुदा यहाँका हरेक घर टोलमा योजना कार्यान्वयन गर्न नसकेपनि सडक, शिक्षा ,खानेपानी ,विधुत,सिचाइ लगाएतका क्षेत्रमा काम गरेको बताए । उनले भने – मैले आफ्नो कार्यकालमा यहाँको लागि कृषि अनुदान ,सडकको ट्र्याक खोल्ने लगाएतका काम गरेको भन्दै बाकी अधुरो योजना पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेको समस्याका बारेमा आफू जानकार रहेको भन्दै क्रमिक रुपमा सबै समस्या समाधान हुँदै जाने बताए ।
साउँदले संविधानको कार्यान्वयनसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि पनि गठबन्धनको जित हुन आवश्यक रहेको बताए । उनले आफू प्रदेश साङ्सद रहादा यहाँका जनताको लागि थुप्रै विकास निर्माणका योजनाहरु पूरा गरेको बताउदै अब बाकी योजना र केही नयाँ कार्ययोजना पुरागर्न आफ्नो उम्मेदवारी रहेको हुँदा भोट दिन अपिल गरे ।