बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने घैला नालामा पक्की पुल निर्माणले गति लिएको छ । यसअघि प्राबिधिक कारण देखाउदै ठेकेदार कम्पनी दैलेखको सुर्य वयान एन.एस.जेभीले निर्धारित समयमा काम पुरागर्न सकेको थिएन ।
सडकपुर बौनिया बजारदेखि भजनी सडकखण्डमा पर्ने उक्त घैला नालामा मल्टी स्पान बक्स कल्भर्ड (पुल) निर्माणका लागि २०७७/५/११ गते दैलेखको सुर्य वयान एन.एस.जेभी संग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार सो नालामा २०७८/११/१४ मा निर्माण कार्य सकिसक्नु पर्ने भएपनि काम भने अधुरै अबस्थामा रहेको थियो । तर लामोसमय पछि ठेकेदार कम्पनीले पुल निर्माणको काम पुनः सुचारू गरेको छ ।
सम्झौताअनुसार निर्माण कम्पनी र ठेकेदारले पुल निर्माणको काममा ढिलाइ गर्दा आवातजावतमा समस्या हुँदै गएको छ ।
सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत, पुर्वाधार विकास कार्यालय ,कैलालीको १ करोड ३७ लाख २० हजार लगानीमा उक्त पुल निर्माणको कार्य थालिएको थियो ।
समयमै पुल निर्माण नहुदा सोही सडकबाटो भयर आवातजावत गर्नेलाई दैनिक सास्ती हुने गरेको पाइएको छ ।पुल नबन्दा सवारी साधन चलाउनेदेखि नागरिक हिड्न र ढुवानीमा समेत समस्या हुने गरेको यहाँका स्थानीय बताउँछन् । पालिका सरकारले समेत उक्त पुलको काम सक्न पटकपटक ठेकेदार कम्पनीलाई दवाब दिदै आएको थियो ।
अबको १ महिनाभित्र सबै काम सक्छु : ठेकेदार
यता ठेक्का सम्झौता बमोजिम निर्माणको जिम्मा लिएका ठेकेदार नवीन शाहीले भने अबको १ महिना भित्रमा सबै काम सक्ने दावी गरेका छ्न । सुदुरचित्रसंगको कुराकानीमा उनले पुल निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताउदै १ महिना भित्रमा पुलबाट गाडी हिड्न सक्नेगरी काम पूरा गर्ने बताएका छ्न ।