बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजनामा “सभ्य समाजको पहिचान ,लैङ्िगक हिंसा विरुद्धको अभियान” अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पालिका उपाध्यक्ष गणेश राज गिरिको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक, ईलाका प्रहरी कार्यलय सडकपुर बौनियाका प्रमुख महेश विक्रम शाह, अधिबक्ता विष्णु खनाल, अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले समाजमा महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानिय सरकारले पनि नयाँ कार्यक्रम ल्याउने योजनामा रहेको बताए । उनले समाजमा विधमान अबस्थामा पनि दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने कुरामाथि जोड समेत दिए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विकले सामाजिक दृष्टिकोणमा परिवर्तन आउन नसक्दा महिलाहरु गर्भ देखि चिहान घाटसम्म विभेद भोग्नु परेको बताए । उनले समाजमा सदियौदेखि रहदै आएको यो हिंसा न्यूनीकरणका लागि हरेकले आ-आफ्नो तह र तप्काबाट सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर २ मा रहेका विभिन्न महिला समुहका १०० बढीको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीलाई अधिबक्ता विष्णु खनालले लैङ्गिक हिंसा, कानुनी व्यवस्था, चुनौती र न्यूनीकरणका उपायहरुका बारेमा प्रशिक्षण दिएका थिए । सो क्रममा उनले अशिक्षित, परमपरागत रुढीबादी र महिलालाई स्रोत, साधन, सम्पति र पहुँचबाट बन्चित गरिँदा समाजमा महिला हिंसाका घट्ना बढ्दै गएको बताए ।
कार्यक्रममा सहजकर्ता खेमा कुवरले स्वागत मन्तव्य राखेकी थिइन, भने कार्यक्रमको संचालन बर्दगोरिया गाउँपालिकामा कार्यरत सरिता चौधरीले संचालन गरेकि थिइन । लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पालिकाका सबै वडामा कार्यक्रम गरिने बर्दगोरिया गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख पानमती रानाले बताइन ।