बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा शिक्षामा कोभिड प्रतिकार्य परियोजना अन्तर्गत सरोकारवाला संगको सयुक्त अनुगमनसहित समिक्षा बैठक सकिएको छ ।
युएसएआइडीको आर्थिक सहयोग, युनिसेफ संगको सहकार्यमा निड्स नेपालद्वारा संचालित शिक्षामा कोभिड १९ प्रतिकार्य परियोजना अनुसार पालिकामा संचालित टोल कक्षा र यसको व्यवस्थापनका विषयमा बिहिवार सयुक्त अनुगमन गरिएको थियो । पालिकाको वडा नम्बर ४ मा रहेको जगन्नाथ आधारभुत विद्यालय, वडा नम्बर ५ को जनता आधुरत र वडा नम्बर ६ को श्री लक्ष्मी आधारभुत विद्यालयमा टोल कक्षा संचालन र यसको व्यवस्थापनका बारेमा अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मि निवर्तमान अध्यक्ष अन्जु जोशी भट्ट , गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी ,महिला बालबालिका शाखा बर्दगोरियाकी पानमती राना ,निड्स नेपालकि सहसचिव दुर्गा मल्ल,सम्बन्धित परियोजना संचालन भएका विद्यालयका प्रधानध्यापक , तथा अभिभावकको उपस्थिति रहेकोे थियो ।
कोभिड १९ माहामारीको प्रतिकार्य, शीघ्र पुनर्लाभ र विद्यालय पुन संचालनको समयमा शिक्षा क्षेत्रमा भएको आधारभूत र माध्यमिक तहका बालबालिकाहरुको असमान सिकाई नतिजलाई न्यूनीकरण गर्ने उद्देश्यले संचालित टोल कक्षा र यसको व्यवस्थापन ,देखा परेका समस्या र यसको न्यूनीकरणका सवालमा सरोकारवाला बिच छलफल समेत भएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालदिप गिरिले शिक्षा प्रतिकार्य योजना र सिकाई निरन्तरताका लागि प्राथमिकताका साथ काम गर्ने बताए । यसैगरी शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले शिक्षा क्षेत्रमा आउन सक्ने जोखिमको पहिचान, त्यसले पार्न सक्ने प्रभावको विश्लेषण र समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिइन ।