बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित श्री वसन्त मुरारी नमूना माद्यामिक विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाको अब्बल सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालयले मंगलबार आफ्नो सामाजिक परीक्षण सार्वजनिकीकरण गरेको हो ।
शिक्षक अभिभावक संघकि अध्यक्ष मिरा आलेमगरको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहेका थिए । यसैगरी कार्यक्रमको विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक नन्दा कुमारी भट्ट , विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्क बहादुर कुवर तथा अतिथिका रूपमा विव्यस सदस्य प्रकाश बहादुर साउद, शिक्षक अभिभावक संघका सदस्यहरु र विव्यस सदस्यलगाएत
रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक भुमि प्रकाश बमको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मिथुन गौतमले पालिकाको अग्रणी सामुदायिक विद्यालयको रूपमा स्थापित वसन्त मुरारीको उच्च प्रसङ्सा गरे । उनले सामुदायिक विद्यालयको माझमा बालबालिकालाई गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न सफल भएको भन्दै नमूना विद्यालयका रूपमा स्थापित हुनु यस गौरवको विशय भएको भन्दै थप सफलताको कामना गरे । उनले यस विद्यालयको वृद्धि विकास र समृद्धिका लागि आफुले सदैभ सक्दो सहयोग गर्ने बताए ।
उनले शिक्षाका साथै जवाफदेहिता र पारदर्शीताका क्षेत्रमा वसन्त मुरारीले गरेको काम अग्रणी रूपमा रहेको बताए । कार्यक्रममा विद्यालयका लेखापाल गणेश जोशीले आर्थिक प्रतिवेदन प्रसतुत गरेका थिए ।