धनगढी । कैलालीमा श्रीमान्को बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ ।
टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशी आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको हत्या आरोपमा पक्राउ परेका छन् । भागिरथ जैशीलाई श्रीमतीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मंसिर २६ गते राति बजेको भागिरथले श्रीमतीमाथि बञ्चरोले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । उनले बञ्चरोले टाउकोमा प्रहार गरेपछि घाइते भएकी मुगादेवीलाई उपचारको लागि आफन्तहरुले टीकापुर अस्पतालमा लगेका थिए ।
सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएको थियो ।