सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ किर्तिपुरमा बुटका बाबा सास्कृतिक महोत्सव २०७९ संचालन हुने भएको छ । माघी पर्वको अबसरपारी घोडाघोडी संरक्षण समाज,घोडाघोडी नगर भल्मन्सा समितिको आयोजना तथा बुटकाबाबा मन्दिर समिति किर्तिपुरको सहकार्यमा महोत्सव संचालन हुने भएको हो ।
महोत्सव मुल आयोजक समितिले सोमबार सुखडमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव संचालन हुने बारे जानकारी गराएको हो। यही पौष ३० गतेदेखि माघ ५ गतेसम्म महोत्सव संचालन हुने महोत्सव मुल आयोजक समिति संयोजक चन्द्र कुमार चौधरीले जानकारी दिए ।
महोत्सवको पौष ३० गते घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर रावतले उद्घाटन गर्नेछ्न । महोत्सवको संचालनको विभिन्न समिति उपसमिति गठन गरि कार्य अगाडि बढेको संयोजक चौधरीले बताए । मुख्यगरि थारु भाषा, संस्कृतिको जगेर्ना यसको संरक्षण तथा प्रवर्द्धन गर्नको लागि महोत्सव आयोजना गरिएको उनको भनाई छ ।
महोत्सवमा १ सयबढी स्टल रहने जनाइएको छ । महोत्सवमा नृत्य प्रतियोगिता ,स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, रमाइलो मेला ,थारु समुदायको प्रौराणिक नाच तथा धार्मिक मेलाको अबलोकन समेत गर्न पाइनेछ ।