बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया बजारबाट प्रहरीले ६ बोरा अवैध चिनी बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बौनियाका अनुसार बौनियाँ बजारमा रहेको चन्दा किराना पसल र रामचन्द्र जनरल स्टोरबाट ३/३ बोरा अवैध चिनी बरामद गरिएको हो ।
गोप्य सूचनाको आधारमा बरामद भएको चिनी कैलाली भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँले जनाएको छ ।
पछिल्लो समय बौनिया बजारमा अबैध सामाग्रीको कारोबार बढ्दै गएको खवर पछि प्रहरीले सक्रियता बढाएको छ ।