बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेका किसानहरुलाई घाँसको विउ वितरण गरिएको छ । पालिकाको पशुसेवा शाखाले बर्दगोरिया ६ मा रहेका किसानलाई ५० प्रतिशत अनुदानमा बर्षे घाँस ( सुडान ) को बीउ वितरण गरेको हो ।
मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित ), वडा सचिब दुर्गा ढुंगानाले किसानलाई घाँस को बीउ वितरण कार्यक्रमको उद्घाटन गरेका थिए ।
पशुपालक किसानलाई सहजता दिनका लागि अनुदानमा घासको बीउ वितरण गरिएको पशुसेवा इकाई पृथ्वीपुरका (नापसेप्रा) युवराज कठरियाले जानकारी दिए । उनकाअनुसार वडा नम्बर ६ का १७५ जना किसानलाई घाँस को बीउ वितरण गरिएको छ ।