बर्दगोरिया । दिगो विकास र समृद्धिको मार्गलाई दुर्त गतिमा अगाडि बढाउदै गएको कैलालीको बर्दगोरिया गाउँपालिकाले यतिबेला सडक सुधारको कामलाई तीव्रता दिदै गएको छ ।
विकास र समृद्धिको मार्गचित्रलाई अनुसरण गर्द पालिकाले यसअघि उज्यालो पालिका अभियानलाई सार्थक पारिसकेको छ । उज्यालो पालिका अन्तर्गत पालिकाले आफ्नो क्षेत्रभित्र रहेका मुख्य सडक चोकहरुमा हाइमास्ट लाइट जडान गरि नागरिक र आवातजावत गर्नेलाई निकै सहजता तुल्याएको छ ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की र पालिकाका ६ वटै वडा अध्यक्षलगाएतको टीम समृद्ध पालिका निर्माणको गतिमा अगाडि बढिरहेका छ्न । उज्यालो पालिकासहित देशभर शिलान्यास गरिएका ३ सय ९६ वटा आधारभुत अस्पतालमा सबैभन्दा पहिला बर्दगोरिया गाउँपालिकाले नै संचालनमा ल्यायर नागरिकको तर्फबाट धन्यवादको पात्र बनिसकेको छ ।
यतिबेला पालिकाले ६ वटै वडामा रहेका सडकबाटाहरु मर्मत सुधार र स्तरोन्तिको कामलाई अगाडि बढाउदै हरेक कच्चीसडकमा ग्राभेलिङ सहित पानी पिचको कामलाई तीव्रता पारेको छ । लामो समयदेखि सडक मर्मत नहुदा आवातजावतमा हुने समस्यालाई मध्यनजर गरि पालिकाले सडक सुधारको काम अगाडी बढाइएको जनाएको छ ।
विशेषगरी ठेक्का प्रक्रियामार्फत सडक सुधारको काम गर्दा बर्सेनि लाखौ रकम खर्च हुने र काम प्रभावकारी नहुने हुँदा अब पालिका आफैले सडक सुधार ,सडक मर्मत र सडक स्तोरन्न्तीको काम अगाडि बढाएको हो । जसको लागि पालिकाले आफ्नै सवारी साधन खरिद गरि धमाधम काम थालेको छ ।
कच्ची सडकले पुर्याएको सास्ती र धुलो हिलाम्मे सडकले पुर्याउने असहजताल्याई ध्यानमा राखी पालिकाले सडक स्तोरन्ती गर्न दुई वडा टिप्पर, १ डोजर र १ रोलर मेसिन खरिद गरि तिब्र गतिमा काम थालेको छ । जसअनुसार पालिकाले आइतबार साझसम्म बर्दगोरिया ५ को रामपुरदेखि जोशीपुर सीमा क्षेत्रमा पर्ने लोहवागड सम्म करिब साढे ४ किलोमीटर सडक पानी पिचको काम सकिसकेको छ ।
आगामी ६ महिनाभित्र पालिकाभित्रका सम्पूर्ण सडक बाटाहरु पानी पिज र असार मसान्तसम्म सबै सडकका खाल्डाखुल्डी पुर्नेगरी काम थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।
अध्यक्ष कुवरकाअनुसार मुख्य सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गरिएका सडकको मर्मतसहित पानीपिच गर्ने, र ग्राभेल गर्न बाकी सडकमा ग्राभेल बिछ्याउने काम धमाधम हुनेछ ।
यता स्थानीय आफैले तिरेको करबाट किनिएका आफ्नै सरकारी सवारीसाधन आफ्नै गाउँठाउँको विकास निर्माणमा खटिदा निकै खुशी भएका छ्न ।