बौनिया । बालबालिकालाई शिक्षाको उज्यालो किरणबाट बन्चित नगर्न कैलालीको बर्दगोरिया गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ कक्षा १ देखि १० सम्ममा पुर्ण निशुल्क शिक्षा लागू गरिसकेको बेला यहाँका अधिकाङ्स संस्थागत (निजी) विद्यालयहरु मापदण्ड विपरीत संचालनमा रहेको पाइएको छ । गाउँपालिकाको शिक्षा शाखाले गरेको अनुगमनको क्रममा यहाँका अधिकाङ्स संस्थागत विद्यालयले सरकारले निर्देशीत गरेको मापदण्ड नै पूरा गरेका भेटिदैन्न ।
पालिकाको शिक्षा शाखाको तथ्यांकअनुसार यहाँ २० वटा संस्थागत विद्यालय संचालनमा छ्न । जसको अनुगमनका क्रममा ५-६ वटा बाहेक अरु सबैले सरकारले अनिवार्य रूपमा लागुगर्न निर्देशीत गरेको सामान्य मापदण्डसमेत पूरा नगरी संचालन गरेको भेटिएको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बताउनुभयो । उहाँले भन्नुभयो – हामीले शैक्षिकसत्रको विद्यार्थी भर्ना अभियानसङ्गै निजि विद्यालयको अनुगमन गरिरहेका छौ । सो क्रममा धेरैजसो संस्थागत विद्यालय मापदण्ड पुरानै नगरी संचालन गरेको पाइयो ।
यद्यपि ती विद्यालयले लिने गरेको भर्नाफिस ,मासिक फिस महँगो देखिन्छ । अनुगमनमा रहेका पालिका उपाध्यक्ष गणेश राज गिरिले भन्नुभयो – यहाँका प्रायबढी निजि विद्यालयमा व्यवस्थापनदेखि विद्यार्थी सङ्ख्याको अनुपात समेत न्यून देखिन्छ ।
विद्यार्थी सङ्ख्या बढी भएको ठाउँमा बस्ने कोठा, डेस्कबेन्च, खेलमैदान ,स्वच्छ खानेपानीको समेत उपलब्धता छैन । कतिपय विद्यालयले भने स-साना बालबालिकालाई गाडीमा कोचाकोच रूपमा ओसार्न गर्ने गरेको भेटिएको छ भने कतिपय स्कुल नाम मात्रैका भेटिए । हामीले अनुगमनका क्रममा दुई शिक्षक २० जना विद्यार्थी मात्रै भएको विद्यालय पनि भेटायौ ।
अनुगमनका क्रममा मापदण्ड नपुगेका विद्यालयलाई एक वर्षभित्र सुधारको समय दिएका छौ । अभिभावकबाट महँगो शुल्क असुल्ने मात्रै होइन, सोहीअनुसारको सेवा सुविधासमेत निजि विद्यालयबाट बालबालिकाले पाउनुपर्छ ।
अनुगमन पश्चात् हामीले एउटा् प्रतिवेदन तयार पार्छौ उपाध्यक्ष गिरिले भन्नुभयो यहाँका सबै निजि विद्यालयलाई बैठकमै बोलाउने र परिपत्र गरि १ वर्षभित्र सरकारले तोकेको मापदण्ड पूरा नगरे धमाधम कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ । यस्तो छ मापदण्ड