बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शुक्रबार अपरान्ह अचानक भएको आगलागीबाट निरु विकको घर जलेर पुर्ण रूपमा नष्ट भएको हो ।
घरमा कोही नभएको बेला भएको आगलागीबाट खाद्यान्न ,लत्ताकपडा लगाएतका सबै सामान जलेर नस्ट भएको प्रहरीले जनाएको । घरका सबै परिवार रोजगारको लागि भारत गएको हुँदा घरमा अन्य के – कति सामान र कति क्षति भयो भन्ने बारेमा एकिन हुन सकेको छैन ।
एक स्थानीयले आफ्नो बारीमा रहेको गहुँको नल नस्ट गर्न आगो लगाउदा अचानक हुरी चलेपछि सो घरमा आगलागी भएको स्थानीयले बताएका छ्न । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लगिएको छ ।