बिर्तामोड । झापामा फोनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका १ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको मोबाइलमा फोनमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चार्जमा रहेको मोबाइलमा फोन आएपछि उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।