बर्दगोरिया । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा र्याली निकालिएको छ । वडा नम्बर ६ मा रहेको श्री मोहन्याल आधारभुत विद्यालयको आयोजनामा र्याली निकालिएको हो ।
बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ५९औँ राष्ट्रिय बाल दिवसका अबसरमा विद्यालय परिसरबाट निकालिएको र्यालि गाउँका विभिन्न स्थानमा पुगेको थियो ।
र्यालिमा सहभागी बालबालिकाले बालअधिकार सुरक्षित गर, बालबालिकालाई विद्यालय पठाऔ जस्ता नारा लगाएका थिए ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ ।