काठमाडौं । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन् ।
यसैबीच सरकारले मंगलबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् ।
“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन ।” मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाखराहत दिने निर्णय पनि गरेको सरकारी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।