डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल असोज १० गते हुनेछ। सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ। मूलपानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो। यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ।