मोहन्याल । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा जिप दुर्घटना भएको छ । शुक्रबार बेलुका सवा ४ बजे सिमली खिमडी सडक अन्तरगत मोहन्याल गाउँपालिका वडा नम्बर २ बजाडी नजिक भे १ च ३७६१ नम्बरको जिप दुर्घटना भएको हो ।
जिप दुर्घटना हुदा ४ जना गम्भीर घाइते र केही सामान्य घाईते भएका छन । जिपमा क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायको फेसबाट बाट साभार गरिएको छ । साथै अध्यक्ष उपाध्यायले दुर्घटनामा घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । साथै उपाध्यायले घाईतेको उद्दारको लागि गाउँपालिका बाट एम्बुलेन्स घटना स्थलमा पठाएका छन ।साथै गाडीमा क्षमता भन्दा बढी यात्रु नबोक्न समेत यातायात ब्यबसायीलाई अनुरोध गर्नु भएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाईएमा कानुन बमोजिम कडा कार्बाही गरिने समेत उपाध्यायले जानकारी गराएका छन ।