बर्दगोरिया । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छ्न । कैलालीमा हुने छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्न ओली कैलाली आउने भएका हुन ।
ओलीले नेकपा एमाले कैलालीको नवौ जिल्ला अधिवेशनका साथै बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पुर्वप्रधानमन्त्री ओलीले यही फागुन ६ गते बिहान कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी मध्याह्नन १२ बजे नेकपा एमाले कैलालीको नवौ जिल्ला अधिवेशनलाई कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ओली कैलाली आउने भएपछि यहाँ आयोजित कार्यक्रमको तयारी तीब्र पारिएको छ ।