काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिए ।उनका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । “तराईमा पनि केही बदली त हुने सम्भावना छ, तर मुख्यतया सफा हुनेजस्तो देखिन्छ,” उनले भने, “विशेष गरी कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरू एक/दुई स्थानमा पनि सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
“बादल हुने, खुलेको जस्तो उज्यालो हुने, घामचाहिँ बिहान हुन्छ,” “दिउँसो, अपराह्न बादल र वर्षाको सम्भावना देखिन्छ । घामको सम्भावना छैन ।”
आइतबारको तुलनामा सोमबार र मंगलबार वर्षाको सम्भावना कम रहेको उनले बताए । नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको उनले उल्लेख गरे । नेपालमा मनसुनी प्रभाव सुरु नभएको उनले जानकारी दिए । स्थानीय र पश्चिमी वायुकै प्रभाव रहेको उनले स्पष्ट पारे ।