काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले २१ वर्षदेखि रोकिएको कक्षा ११ र १२ को सबै परीक्षा एकैपटक लिने भएको छ। यो परीक्षाले १३ लाख ३२ हजार १ सय ४९ जना विद्यार्थीलाई ठूलो राहत हुने भएको छ।तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र त्यसपछि बनेको रापबोर्डले अन्तिम मौकास्वरूप एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डको दुई साताअघि बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।परीक्षा माघमा सञ्चालन गर्ने गरी तयारी भइरहेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘भोलि २७ गतेसम्म फारम भर्ने समय तोकेका छौं, कतिले फारम भर्नेछन्, सोही आधारमा परीक्षा सञ्चालन गर्नेछौं ।’ बोर्डले कुन सालमा कति विद्यार्थी अनुपस्थित वा अनुत्तीर्ण थिए लगायत विषयमा सबै तथ्याङ्क तयार गरेको थियो । ‘सोही आधारमा करिब १३ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिन पाउने उल्लेख गरेका हौं’ –परीक्षा नियन्त्रक शर्माले भन्नुभयो।बोर्डका अनुसार २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीले परीक्षा दिन पाउनेछन्। बोर्डले २०७८ सालदेखि परीक्षामा सहभागी विद्यार्थीले तीन वर्षसम्म पुनः परीक्षा दिन पाउने व्यवस्था छ। नियन्त्रक शर्माले भन्नुभयो– ‘नयाँ पाठ्यक्रम लागू भएअघि सबै विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाएका छौं ।’बोर्डका अनुसार सबैभन्दा बढी २०६८ सालका विद्यार्थी परीक्षामा दिन पाउनेछन् । उक्त सालमा १ लाख १६ हजार ७ सय ४७ विद्यार्थीले परीक्षा दिने गरी तथ्याङ्क तयार गरेको छ।तथ्याङ्कअनुसार ०५६ सालमा १८ हजार ७ सय २७, ०५७ मा २८ लाख ५ सय ४४, ०५८ मा ४७ हजार ९ सय ८२, ०५९ मा ४१ हजार ५४, ०६० मा ५५ हजार ४ सय ४६, ०६१ मा ३८ हजार ९ सय ५० जनाले परीक्षा दिनेछन्। त्यस्तै, ०६२ मा २२ हजार ५ सय ९, ०६३ मा २४ हजार ५ सय ९७, ०६४ मा ३७ हजार ३ सय १४, ०६५ मा ५७ हजार ३३, ०६६ मा ७६ हजार ६ सय ९६ जनाले परीक्षा दिनेछन्।०६७ सालमा १ लाख ५ हजार ७ सय २७, ०६८ मा १ लाख १६ हजार ७ सय ४७, ०७९ मा १ लाख ६ हजार ३ सय ७४, ०७० मा ९२ हजार ९ सय १५, ०७१ मा ६५ हजार ७०, ०७२ मा ६४ हजार १२, ०७३ मा ६६ हजार १ सय २३, ०७४ मा १ लाख ७ हजार ५ सय १४, ०७५ मा ७९ हजार २ सय ८२, ०७६ मा ५६ हजार ६ सय ३१ र ०७७ सालमा २२ हजार ९ सय २ जना विद्यार्थीले पुनः परीक्षा दिन पाउने गरी तथ्याङ्क तयारी गरेको छ ।कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एकपटकको मौका दिइने सूचनामा उल्लेख गरेको छ।बोर्डले कक्षा १२ को नियमित परीक्षालाई समस्या नपर्ने गरी २१ वर्षसम्मको मौका परीक्षा सञ्चालन गर्न लागेको हो। कक्षा १२ को नियमित परीक्षा बोर्डको क्यालेन्डरअनुसार वैशाख महिनामा लिने तयारी गरेको छ । बोर्डको सूचनामा प्रयोगात्मक परीक्षा छुटेका विद्यार्थीले समेत फारम भरेर परीक्षा दिन पाउनेछन् । नेपाल समाचारपत्रबाट