बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीमा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको करिब ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको विद्यायले हालसम्म यसरी कुनै पनि वर्ष वार्षिकोत्सव मनाएको थिएन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओलीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कर्ण बहादुर कुँवरले पालिकाले बिधालयको भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश बिधालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटकपटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।
यसै गरि विशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थापनाकालदेखि आजसम्म विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम,संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्रअ. चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, रामबहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घराज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व विद्यार्थी विष्णु बिष्ट , २०८० को एसईई मा उत्कृष्ट जिएइए ल्याउने भावना बुढा ,बिमला साउद र निसा बिक लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ । विद्यालयका शिक्षक भुपेन्द्र रास्कोटीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटकसहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले विद्यालय स्थापन देखि हालसम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलीले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।