काठमाडाैँ, २७ जेठ २०७८ ।
काठमाडाैँकाे चन्द्रागिरिमा संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ ।
पछिल्लाे समय चन्द्रागिरिमा काेराेनाका नयाँ संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दै गएकाे हाे । चन्द्रागिरि नगरपालिकामा पछिल्लाे २४ घण्टामा २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २९ जना काेराेना संक्रमण निकाे भएका छन् । संक्रमण निकाे हुनेकाे संख्या बढेसँगै ९१ प्रतिशत संक्रमित निकाे भएका छन् । हाल सम्म ४ हजार ६ सय ३१ जना कुल संक्रमित मध्ये ४ हजार १ सय ९५ जना संक्रमण निकाे भैसकेका छन् ।
हाल चन्द्रागिरिमा १ सय २६ जनामा काेराेना भाइरसकाे संक्रमण सक्रिय छ । जस मध्ये ८ जना संस्थागत र १ सय १८ जना हाेम आईशोलेसनमा छन् । संस्थागत आईशोलेसनमा अन्तर्गत नगरपालिकाकाे वडानं ३ थानकाेटमा ३ जना वडानं ८ मातातिर्थमा २ जना र वडानं १२ बलम्बुमा ३ जना गरी कुल ८ जना संक्रमित उपचाररत छन् ।
यसैगरी नगरपालिका भित्र ६० जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । नगरभित्रका १५ वटा मध्ये १४ वटा वडामा काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे छ । हाल सम्म १३ नं वडामा भने कुनै पनि काेराेना संक्रमितकाे मृत्यु भएकाे छैन । हाल सम्म वडानं १२ मा सबै भन्दा धेरै १२ जनाकाे ज्यान गएकाे छ ।
चन्द्रागिरि नगर भित्र १५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्च छ । संक्रमण पुष्टि भएका मध्ये १५ देखि ४५ वर्ष उमेर समुहका महिला र पुरूषमानै संक्रमण दर उच्च देखिएकाे हाे । हाल सम्मका कुल संक्रमित मध्ये २ हजार ८ सय ७२ जना १५ देखि ४५ वर्ष उमेर समुहका छन् । जसमध्ये पनि १ हजा २ सय ७९ महिला र १ हजार ५ सय ९३ जना पुरूष छन् ।