बौनिया,कैलाली । हराएको सामान हत्तपत्त फिर्ता पाउन सकिन्न । हराएको पैसा होस या सामान फिर्ता हुन्छ ,या पाउने व्यक्तिले सहजै दिन्छ भन्ने आस पनि सबैमा हुँदैन । किनकी सम्वन्धित व्यक्तिलाई खोजेर भेटाएको सामान वा पैसा फिर्ता गर्ने इमान्दारिता जो कोहीमा हुदैन ।
तर, कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर दुई मा रहेको नव वालबाटिका विद्या मन्दिरका संस्थापक/प्रीनसिपल प्रमोद मल्लले हराएको एक तोलाको सुनको औँठी फिर्ता पाएका छ्न । बिहिवार दिउँसो बौनिया बजार स्थित प्रमोद मिस्ठान्न भण्डारमा खाजा खायर हात पुछने क्रममा हराएको सो औँठी मल्लले शुक्रबार फिर्ता पाएका हुन ।
भेटेको एक तोलाको सुनको औँठी मल्ललाई फिर्ता गर्ने महान ,इमान्दार व्यक्ति हुन् सोही मिस्ठान्न भन्डारका संचालक प्रमोद गुप्ता । उनी बौनियामा निरन्तर २० वर्षदेखि होटल व्यवसाय गर्दै आएका छ्न । गुप्ताले संचालन गर्दै आएको मिस्ठान भन्डार बौनियाकै सबैभन्दा बढी लोकपि्रय पनि छ । स्वादिष्ट परिकार खुवायर ग्राहकलाई मोहित पार्न सफल गुप्ता इमानदार पनि उत्तिकै छ्न । गुप्ताले यसअघि पनि बौनियाको खापर मेडिकल हलको दुई लाख रुपैयाँ नगद फिर्ता दिएका थिए । खाजा खाने क्रममा छुटेको सो रकम गुप्ताले खापर मेडिकल संचालकलाई बुझाएका थिए ।
यतिमात्र होइन केही वर्षअघि लम्किबाट आएका ग्राहकको छुटेको तीन तोला सुनसहितको झोला पनि सम्बन्धित व्यक्तिलाई बुझाएका थिए ।