हुम्ला । हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ ।
पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ । मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरूले समान्तर कमिटी बनाएको पूर्व सांसद रीता शाहीले बताइन् । ‘
फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौँ,’ उनले भनिन्, ‘एकलौटी रूपमा चल्ने पार्टी हैन ।’ हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्व सांसद रिता शाहीले बताइन् ।