बौनिया । फागुन १७ गतेदेखि सुरु हुने बालबाटिका क्रिकेट लिग–३ को पिच (मैदान) ब्यवस्थापनको काम सकिएको छ । बालबाटिका बिद्या मन्दिरको आयोजनामा हुने प्रतियोगिताको मैदान व्यवस्थापनको काम सकिएको हो ।
यसअघि खेल तालिका सार्वजनिक भइ सकेको छ । प्रतियोगिता १७ गते उद्घाटन भइ २५ गते समापन हुने छ । पिच ब्याटिङ ,बलिङ दुबैलाई साथ दिने पिच क्युरेटर नासिर अन्सारिले बताए । उनले भने पहिलो म्याचमा दुई दिन घाम नलागेका कारण केही बल तल बस्न सक्ने बताए । तर दोस्रो म्याच देखि बिकेट एकदमै राम्रो हुने उनले बताए । बलरले मिहेनत गरे बलिङलाई समेत फाईदा पुग्ने छ ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी ८ वटा विद्यालयको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।
अण्डर –१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी ८ विद्यालयका टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा गुरुकुल इङ्लिस मेडियम स्कुल, कर्णाली माबी टिकापुर,गणेशबाबा टिकापुर र होलिल्याण्ड अत्तरिया रहेका छन्।
त्यसै गरी समूह ‘बी’ मा आयोजक बालबाटिका बिद्या मन्दिर बौनिया, विद्या भूषण पब्लिक स्कुल धनगढी,संत निरंकारी टिकापुर र लिटिल बुद्ध महेन्द्रनगर रहेका छन्। यस्तै मंगलबार देखि हुने उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता गुरुकुल इङ्लिस मेडियम स्कुल मोतिपुर र कर्णाली मा वि टिकापुर भिड्ने छन् ।
प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सबै भन्दा उत्कृष्ट खेलाडीलाई नगद १६ हजार ,मेडल , ट्रफी प्रदान गरिने छ भने ,उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर र उदयिमान खेलाडिलाई जनही १०/१० ह्जार नगद सहित ट्रफी ,मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।