बौनिया । विश्व वातावरण दिवसको अवसरमा बौनिया जेसीजले वृक्षारोपण कार्यक्रम गरेको छ । आइतबार बौनिया जेसीजको आयोजनामा कैलालीको बर्दगोरिया ४ स्थित पर्यटकिय क्षेत्र पुरैना तालमा वृक्षरोपण गरिएको हो ।
विधिको शासन, मानवताको सेवा जस्ता सुन्दर आस्था बोकेको १८ देखि ४० वर्ष उमेर समूहका युवाको नेतृत्व, व्यक्तित्व एवं उद्यमशिलताको विकास गर्ने अभियानमा अग्रसर जेसीआई नेपालको शाखा बौनियाले विश्व वातावरणको दिवसका अवसरमा पुरैना तालको क्षेत्रमा ११५ ओटा विरुवा रोपेको हो ।
बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।
बौनिया जेसीजले गरेको वृक्षरोपण कार्यक्रमलाई वडा नम्बर ४ मा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमका सहभागीले सहयोग गरेका थिए ।