बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने घैला नालामा समयमै पुल नबन्दा नागरिकलाई वर्षाको समयमा ओहोर–दोहोर गर्न समस्या भएको छ ।
सम्झौताअनुसार निर्माण कम्पनी र ठेकेदारले पुल निर्माणको काममा ढिलाइ गर्दा आवातजावतमा समस्या हुँदै गएको छ । जसका कारण नागरिकलाई कहिले धुलाम्मे त कहिले हिलाम्मे बाटोको यात्राले सास्ती दिने गरेको छ । सडकपुर बौनिया बजारदेखि भजनी सडकखण्डमा पर्ने उक्त घैला नालामा मल्टी स्पान बक्स कल्भर्ड (पुल) निर्माणका लागि २०७७/५/११ गते दैलेखको सुर्य वयान एन.एस.जेभी संग ठेक्का सम्झौता भएको थियो ।
सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत, पुर्वाधार विकास कार्यालय ,कैलालीको १ करोड ३७ लाख २० हजार लगानीमा उक्त पुल निर्माणको कार्य थालिएको थियो । ठेक्का सम्झौता बमोजिम उक्त नालामा २०७८/११/१४ मा निर्माण कार्य सकिसक्नु पर्ने भएपनि काम भने अधुरै अबस्थामा रहेको छ ।
समयमै पुल निर्माण नहुदा सोही सडकबाटो भयर आवातजावत गर्नेलाई दैनिक सास्ती हुने गरेको पाइएको छ ।
पुल नबन्दा सवारी साधन चलाउनेदेखि नागरिक हिड्न र ढुवानीमा समेत समस्या हुने गरेको यहाँका स्थानीय बताउँछन् ।
अबको १५ दिनभित्र सबै काम सक्छु : ठेकेदार
यता ठेक्का सम्झौता बमोजिम निर्माणको जिम्मा लिएका ठेकेदार नवीन शाहीले भने अबको १५ दिनमा सबै काम सक्ने बताएका छ्न । सम्झौता अनुसार निर्माण कार्य किन अधुरै रह्यो ? यहाँका नागरिक र यात्रुलाई कहिलेसम्म सास्ती दिदै हुनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले भने निर्माणको सबै काम अबको १५-१७ दिनमा सक्छु । आजैदेखि आवश्यक काम सुरु गर्दैछु ।
उनले भने ठेक्का सम्झौता अनुसार आफुले पुल मात्रै निर्माण गर्ने सम्झौता भएको हो, सोही अनुसार मैले आफ्नो काम सकिसकेको हु । तर पछिल्लो समय गयर पुलको दायाँबायाँ भागको स्टकचर पुर्ण बनाउने जिम्मा समेत मलाई नै दिइएको छ । जसको लागि श्रावण ४ गतेसम्मको समय थप छ । सोही समयअनुसार म काम सकेरै छोड्छु । यतिबेला वर्षाको सिजन भएको हुँदा काम गर्न त केही अप्ठ्यारो छ । त्यसका बावजुत पनि समयमै काम पुरागर्ने उनले प्रतिबद्धता समेत जनाए ।
स्थानीय भन्छन् ,नाला एकातिर पुल अर्कोतिर !
यहाँका स्थानीयले भने नाला एकातिर ,पुल अर्कोतिर बनाइएको बताएका छ्न । नाला बग्ने स्थानलाई कुरुप पारी पुलको संरचना नै गलत पारिएको स्थानीयको भनाइ छ । वर्षातको समयमा नाला भरियर आउँछ, स्थानीय भन्छ्न नाला बग्ने दिशालाई लक्षित गरि पुल बनाउनुपर्ने हो, तर सोहिलाई कुरुप पारी बाङ्गो अबस्थामा पुल निर्माण गरिदैछ । त्यो पनि निकै अग्लो अबस्थामा छ । यो कस्तो खालको प्राविधिक स्टेमेट हो ? कस्तो इन्जिनियरिङ नक्सा हो ? बुझ्नै गाह्रो छ ।
यता पुल निर्माणको जिम्मा लिएका शाहीले भने आफुले सम्झौता , स्ट्मेट र नक्साङ्कन कै आधारमा पुल बनाएको छु । यहाँका स्थानीय कै भनाइअनुसार पुल भने धेरै अग्लो बनेको म स्वीकार छु । तर सम्झौता अनुसार मै कामगर्नु पर्ने मेरो बाध्यता हो ।