बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधि र पालिकामा कार्यरत कर्मचारीलाई कानुन एवम् प्रशासनिक क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको छ ।
पालिकाको आयोजना तथा कोशेली मिडिया प्रालिको सहजीकरणमा मङ्गलबार १ दिने तालीम प्रदान गरिएको हो । वडा नम्बर २ का अध्यक्ष गोविन्द विकको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए ।
तालिममा पालिकामा नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई कानुन व्यवसायी तथा अधिवक्ता गणेश कडायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुवरले तालिमले कर्मचारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताउदै योजना निर्माण समेत प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले तालिमले कसरी जनताप्रति जवाफदेही बन्ने ? सुशासन मैत्रीपुर्ण पालिका कसरी निर्माण गर्न सकिन्छ ? भन्ने विषयमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
यसैगरी उनले तालिमले लैगिकमैत्री वजेट निर्माण गर्न, लैगिकमैत्री सार्वजनिक सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारी तथा जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएको बताए । संघियता कार्यान्वयनलाई प्रभावकारी वनाउदै सेवाग्राहीहरुलाई दिइने सेवा सुविधालाई चुस्त दुरुस्त बनाउन समेत तालीमले ठूलो योगदान पुर्याउने बताए ।
तालिमका सहभागीलाई कानुन व्यवसायी तथा अधिवक्ता गणेश कडायतले स्थानीय तहमा न्यायिक समितिको काम, कर्तव्य ,अधिकार र यसको क्षेत्राधिकार, लैङ्िगक समानता , सेवा प्रवाह, सुशासन तथा जवाफदेहिता लगाएतका बारेमा प्रशिक्षण दिएका थिए ।