बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लालदिप) ले नागरिकको समस्या र गुनासो सुन्नका लागि आफ्नो मोबाइल नम्बर सार्बजनिक गरेका छ्न । स्थानीय स्तरमा भएका समस्या र तिनको समाधानका लागि अब नागरिकले प्रत्यक्ष रूपमा उपाध्यक्ष गिरिलाई जानकारी गराउन सक्नेछन् ।
उपाध्यक्ष गिरिले शुक्रबार आफ्नो मोबाईल नम्बर ९८५८४८९१३१ सार्बजनिक गरि स्थानीय नागरिकलाई आफुले परेका समस्या प्रत्यक्ष रूपमा सुनाउन अपिल गरेका हुन ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित उपाध्यक्ष गिरीले जनताहरुको गुनासो प्रत्येक रुपमा स्थानीय सरकार सङ्ग पुगोस भन्दै उक्त नम्बर सार्वजनिक गरेको बताएका छन ।
उनले भने – सम्पुर्ण जनताको घरदैलो मा पुगि उहाँहरुको समस्या बुझ्न् सम्भव नभएको अबस्थामा नागरिकको सेवा र सुविधाको लागि नम्बर सार्वजनिक गरेको बताए । हामीलाई जनताहरुले निर्वाचित गराइसके पछि हामी निरन्तर यस पालिका र यहाँको जनताको हित र यस क्षेत्रको बिकासे योजनालाई निरन्तरता दिनु पर्छ । उक्त कामकारबाही लाई निरन्तरता दिदा कति पए जनताहरुको आवाज तथा गुनासो हामी कहाँ पुगेको हुँदैन । जसले गर्दा जनताहरुको हामी पर्तिको बिश्वास टुट्न जान्छ र हामीले गर्न छुटेका कामकारबाही पूरा हुन सक्दैन । त्यसैले जनताहरुको प्रत्येक निगरानी र सम्पर्क स्थानीय सरकार सङ्ग जोडियोस भनेर उक्त नम्बर दिएको हुँ।
कार्यालय समयमा जनताहरुले पाउने सेवा सुविधा पनि समयमै जनताहरुलाई दिनको लागि उक्त नम्बर सार्वजनिक गरेको बताए । उनले भने-यदि कहि कतै जनताहरुलाइ डराइ, धम्काई विभिन्न बाहानामा पैसा लिने काम गरेको भए पनि उक्त नम्बरमा सम्पर्क गर्न अनुरोध गरे ।
गिरीले उक्त नम्बर सार्वजनिक गर्दै कार्यालय समयमा जाे सुकै बर्दगाेरिया बासिले फाेन,म्यासेज र वाट्सप गर्न सक्ने बताए । साे नम्बरमा गुनासो मात्र नभएर पालिका बिकासका लागि सल्लाह र सुझाव समेत दिन सकिने उनले वताए ।