बर्दगोरिया । कैलालीको बर्दगोरियामा व्युटी पालर व्यवसायीलाई कुर्सी बितरण गरिएको छ । शुक्रबार लघुउ्दमी विकास शाखाले गरिबी रिवारण कार्यक्रम अन्तर्गत उक्त कुर्सी वितरण गरेको हो ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका १५ जना व्यवसायी व्युटी पालर्सलाई उक्त कुर्सी वितरण गरिएको हो ।
उक्त कुर्सी हस्तान्तरण गर्दै पालिका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गिरिले व्यवसायीक रुपमा ब्युटी पालर्स पेशा गरिएका व्यक्तिहरुलाई थप हौसला र प्रोत्साहन दिन उक्त कुर्सी बितरण गरिएको बताए । कुर्सी पाए पछी व्युटी पालर्स गरि व्यवसाय गरिरहेका महिलाले आगामी दिनहरुमा पनि थप क्रियाशीलताका साथ आफ्नो व्यवसायी लाई निरंतरता दिनेमा आफुहरु बिस्वत रहेको बताए ।
उनले भने- यी कुर्सी को सहि रुपले सदुपयोग गर्न अनुरोध समेत गरेर । उनले जोडे समय समयमा आएर आफुहरुले उनीहरुको व्यवसाय को निग्रानी समेत गर्ने बताए । उनले यी सामाग्री पाएपछि उनीहरुले आफू मात्र नभई अन्य नागरिकहरुलाई समेत तालीम मार्फत सिकाउदै स्वदेशमा नै रोजगारी को व्यवस्था गर्न सहयोग गर्ने बताए ।