बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवर सहितको टोलिले स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। बुधबार कैलाली क्षेत्र नम्बर २ का माननीय झपट रावल ,बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवर सहितको टोलिले स्वास्थ्य मन्त्री लाई ज्ञापन पत्र बुझाएका हुन ।
गाउँपालिका अध्यक्ष सहितको टोलिले बर्दगोरियामा निर्माणाधिन १५ सैया अस्पतालमा एम्बुलेन्स र आबश्यक स्वास्थ्य सामग्री को माग राख्दै ज्ञापन पत्र बुझाईको गाउपालिकाका अध्यक्ष कर्ण कुँवरले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कुँवरको टोलिले पालिकामा निर्माणाधीन बिकास निर्माणका विभिन्न भवन संगै बौनिया बजारमा ढल निकासको कामलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने माग राख्न विभिन्न मन्त्रालय पुग्ने जानकारी दिएको छ ।
यसैगरी टोलिले सेतिलोक मार्गको कामलाई तिब्रता दिनु पर्ने, पर्यटकीय धाममा तत्काल बजेट बिनियोजन गरि काम अघि बढ्नु पर्ने र रोकिएका झुलुङ्गे पुलको काम अगाडी बढाउनु पर्ने माग राख्ने भएको छ ।