काठमाडौँ । खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो।
भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए ।
पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो।