धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको छ । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ल। उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ।