बर्दगोरिया । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अबसरमा दिएको सार्वजनिक विदा झिकेको छ।
भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ।
यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको विदा समेत झिकिएको जनाएको छ।