बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा रहेको पुरैना सामुदायिक वन उपभोक्ता समूहको १२औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार समुहका अध्यक्ष मानसिंह साउदको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य पुस्कर विक रहनु भएको थियो भने विशिस्ट अतिथिमा सामुदायिक वन उपभोक्ता महासंघ सुदुरपश्चिम प्रदेशका सचिब टेक बहादुर थापा, वडा नम्बर ४ का वडा सदस्य माया चौधरी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामुदायिक वनका सचिब एकेन्द्र साउदले आर्थिक वर्ष २०७८/७९ को कुल ११ लाख ६७ हजार ५७६ को आय-व्यय र प्रगति विवरण प्रस्तुत गरिएका थिए । कार्यक्रममा पुरैना सामुदायिक वन समुहका अध्यक्ष मानसिंह साउदले समूह मातहत रहेको पुरैना ताल तथा चकुलिया तालबाट ठेक्का सम्झौता बमोजिम ठेकेदारले ४ वर्षसम्म पनि रकम नदिएकोले अब के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा उपभोक्ता समक्ष सो बारेमा सल्लाह मागगर्दै ठेक्का बातप उठ्नु पर्ने कुल ७ लाख ८७ हजार रकम बारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनको संरक्षण सम्बर्द्धन र यसको प्रवर्द्धनमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका थिए । उनीहरूले सामुदायिक वन समुदायको धन भएको भन्दै वनमा आबद्ध सदस्यहरुको सक्रीयता भएमात्र विकास हुनसक्ने भएकाले सबैलाई लाग्न समेत अनुरोध गरे ।
यसैगरी उनीहरूले सामुदायिक वनमा उपभोक्ताको सक्रियता प्रभावकारी वन्न नसकेको बताउँदै सानो लगानीबाट पनि धेरै उत्पादन गर्न सकिने र आयआर्जन गर्न सकिने कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा समुहका सदस्य रामलाल चौधरीले स्वागत मन्तव्य राखेका थिए ।