बौनिया । यही असोज ३ गते अर्थात संविधान दिवसका अबसरमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा वृक्षरोपण गरिने भएको छ ।
स्थानीय बर्दगोरिया एकता युवा कल्ब र बर्दगोरिया गाउँपालिकाको समन्वयमा वडा नम्बर १ मा वृक्षरोपण गरि संविधान दिवश मनाउने तयारी भएको हो । बर्दगोरिया एकता युवा कल्ब पछिल्लो समय पालिकामा सामाजिक कार्यमा सक्रिय एक कल्वका रूपमा चिनिन्छ ।
वडा नम्बर १ भयर बग्ने काडाँ नदि र स्थानीय राजकुला सामुदायिक वनमा वृक्षरोपण हुने कल्बका अध्यक्ष कमल विष्टले जानकारी दिए । पछिल्लो समय नदि कटानका कारण स्थानीयको जग्गा मासिने र जिउ धनको खतरा समेत बढेकाले त्यसको न्यूनीकरणका लागि वृक्षरोपण गर्न लागिएको बताइएको छ ।