लम्की । स्वास्थ्य शिक्षा सूचना हाम्रो अभियान ,कृषि सास्कृतिक र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ कैलालीको लम्कीमा लम्की सांगीतिक महोत्सव २०७९ को उद्घाटन गरिएको छ । आइतबार एक समारोहका बिच लम्कीचुहा नगरपालिका उपप्रमुख जुना देवि चौधरीले महोत्सवको औपचारिक रूपमा उद्घाटन गरिन ।
आयोजक हाइवे मिडिया प्रालिद्वारा संचालित लम्की एफएफ का प्रवन्ध निर्देशक तिर्थ जैशीको सभाअध्यक्षतामा भएको कार्यक्रममा यहाँका राजनीतिक दल, जनप्रतिनिधि ,व्यवसायी ,सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विकशित नगरपालिकाको हिसाबले अगाडि बढ्दै गएको लम्कीचुहाको विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका छ्न । उनीहरूले ठूलो व्यापारीक केन्द्रका हिसाबले चिनिदै गएको लम्कीको पहिचानको लागि थप बलियो इट्टा थप्ने बताए । यसैगरी उनीहरूले यहाँको शिक्षा ,स्वास्थ ,पर्यटन पर्वदन, तथा धार्मिक तथा सास्कृतिक क्षेत्रको पहिचान ,प्रचारप्रसार र विकासमा ठूलो योगदान पुर्याउने बताए ।
यसअघि भदौ ३० गतेदेखि महोत्सव संचालन हुने भनिएतापनि वर्षाका कारण ढिलो संचालन गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा, स्थानिय कला संस्कृतिको पर्दशन गरिनुका साथै व्यापारीक, व्यवसायिक र कृर्षि स्टल रहनेछ्न । यसैगरी महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत महोत्सवमा रहने महोत्सव आयोजकले जनाएको छ ।
महोत्सवबाट उठेको आम्दानीले हाइवे मिडिया प्रालिद्वारा संचालित लम्की एफ.एम.को विकासका साथै लम्कीमा ढल निकासको क्षेत्रमा सहयोग गरिने छ । भने बर्दगोरिया २ मा संचालित सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ सहयोग गरिने जनाइएको छ । महोत्सबमा करिब २५ लाख रुपैयाँ खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान आयोजकको छ । महोत्सवमा सोमबारदेखि स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति देख्न पाइनेछ ।